प्रधानमन्त्री प्रचण्डलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा
शुक्रबार, १० चैत २०७९, १५ : २०
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।
लोसपाको बिहीबार बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कुन मन्त्रालय र कतिवटा लिने, सरकारमा कसरी सहभागी हुने लगायतको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।
साथै बारामा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउने निर्णय गरेको छ । यी सबै विषयमा भेटका क्रममा छलफल गर्ने सो पार्टीका नेता मनिष मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधा कुरा प्रकरण : वैशाख २३ मा अडियोको स्रोत तिमिल्सनाको बयान
-
छात्रामाथि गोली प्रहार भएको पुष्टि, युवकविरुद्ध दिएकी थिइन् उजुरी
-
राप्रपा बागमतीको संसदीय दलको उपनेतामा तामाङ
-
आगोले वन र बस्ती सखाप पार्दै, सिंहदरबारमा ‘गफको खेती’मात्रै
-
विशेषज्ञबाट भीमाको पोष्ट मार्टम गर्न अदालतको आदेश
-
प्रदेशको प्रशासनिक भवन निर्माणको काम छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री जम्कट्टेल