प्रधानमन्त्री प्रचण्डलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा
शुक्रबार, १० चैत २०७९, १५ : २०
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।
लोसपाको बिहीबार बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कुन मन्त्रालय र कतिवटा लिने, सरकारमा कसरी सहभागी हुने लगायतको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।
साथै बारामा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउने निर्णय गरेको छ । यी सबै विषयमा भेटका क्रममा छलफल गर्ने सो पार्टीका नेता मनिष मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण