शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशबाट पैसा आउन कुनै कमी छैन : माधव नेपाल

शुक्रबार, १० चैत २०७९, १६ : १६
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशबाट नेपालमा पैसा आउन कुनै कमी नभएको बताएका छन् । शुक्रबार आफ्नै पार्टीले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय’विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारकै कारण आएको पैसाको समेत सही सदुपयोग हुन नसकेको बताए ।

‘यहाँ म सुनिरहेको छु–यहाँ म सुनिरहेको छु कि विदेशबाट पैसा आउन कुनै कमी भएको छैन’, उनले भने, ‘पैसाको भण्डार छ गल्फ कन्ट्रीहरु भन्ने हो भने ।’ कतिपय देशहरु नेपालमा लगानी गर्ने, उत्पादन गरेर लाभ लिने र नेपाललाई हस्तानतरण गर्न इच्छुक रहेपनि यहाँ नलिने गरिएको बताए । त्यसो गर्नुमा भ्रष्टाचार नै कारण रहेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ छ । नेपालमा पर्यटन र हाइड्रो पावरको प्रमोशन गर्नसकेमात्रै नेपालको आर्थिक अवस्था मजवुत बन्ने नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप