विदेशबाट पैसा आउन कुनै कमी छैन : माधव नेपाल
शुक्रबार, १० चैत २०७९, १६ : १६
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशबाट नेपालमा पैसा आउन कुनै कमी नभएको बताएका छन् । शुक्रबार आफ्नै पार्टीले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय’विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारकै कारण आएको पैसाको समेत सही सदुपयोग हुन नसकेको बताए ।
‘यहाँ म सुनिरहेको छु–यहाँ म सुनिरहेको छु कि विदेशबाट पैसा आउन कुनै कमी भएको छैन’, उनले भने, ‘पैसाको भण्डार छ गल्फ कन्ट्रीहरु भन्ने हो भने ।’ कतिपय देशहरु नेपालमा लगानी गर्ने, उत्पादन गरेर लाभ लिने र नेपाललाई हस्तानतरण गर्न इच्छुक रहेपनि यहाँ नलिने गरिएको बताए । त्यसो गर्नुमा भ्रष्टाचार नै कारण रहेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ छ । नेपालमा पर्यटन र हाइड्रो पावरको प्रमोशन गर्नसकेमात्रै नेपालको आर्थिक अवस्था मजवुत बन्ने नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण