‘सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन् ।
शुक्रवार नेकपा कम्युनिस्ट एकीकृत समाजवादी पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकारले व्यवसायी गतिविधि चलायमान बनाउने नीतिगत टुल्सहरु प्रयोग गरी बजारमा तरलता सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले सरकारले व्यवसायीहरूले माग गरे अनुसार आवश्यक नीतिगत व्यवस्था गरे अर्थतन्त्र सुधार हुन धेरै समय नलाग्ने बताए । उनले सरकारले कोरोना महामारीपछि आयातमा प्रतिबन्ध लगायतमा गरिएको कडाइका कारण अर्थतन्त्रमा सङ्कुचन भएको दाबी गरे ।
‘सरकारले कोरोना महामारीपछि अर्थतन्त्रमा धेरै कडाइ गरौँ । मुलुक श्रीलङ्का वा अन्य देशको अवस्था जस्तो भन्छ भन्दै गरेको आयातमा गरेको प्रतिबन्ध र अर्थनीतिमा लिएको कडाइको कारण अर्थतन्त्रमा सङ्कुचन भएको हो भन्ने लाग्छ । पछिल्लो समय नेपालमा विदेशबाट आउने रेमिटेन्स बढेको छ’, उनले भने, ‘ मलाई लाग्छ अहिलेको अवस्थालाई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान बनाउने केही नीतिगत टुल्सहरु प्रयोग गरेर लगानी योग्य रकम तरलता सहज वातावरण बनाउनसके अर्थतन्त्रमा केही सुधार हुन्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए ब्याजदर घट्नसक्ने बताए । उनले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण