प्रेस सेन्टर दोलखाको नयाँ नेतृत्व चयन

दोलखा । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल दोलखाको जिल्ला अध्यक्षमा अबिरल बस्नेत चयन भएका छन्। शनिवार सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न प्रेस सेन्टरको छैठौं जिल्ला साधारण सभाले बस्नेतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा प्रमिला नेपाली, सचिवमा केदार दाहाल चयन भएका छन् भने कोषाध्यक्षमा गोविन्द थामी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्रप्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् । कार्यक्रममा संघीय सांसद गंगा कार्की, नेकपा माओवादी केन्द्र दोलखाका पार्टी इन्चार्ज विशाल खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल), नेपाल पत्रकार महासंघ दोलखाका पूर्वअध्यक्ष राजेन्द्र मानन्धर, रेडियो भीमेश्वर दोलखाका स्टेशन मेनेजर तथा नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष गोकर्ण भण्डारी ,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के लगायतले मन्तव्य राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
-
एआईका कारण जागिर गुमाएपछि....
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट्र चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'
-
चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे