निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित
सारांश
- विधेयकमा कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्याउने र कुलिङ पिरियड २ वर्ष राख्ने सहमति भयो।
- विधेयकमा निजामती सेवा प्रवेशको उमेर पुरुषको लागि ३५ र महिलाको लागि ३९ वर्ष तोकिएको छ।
काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।
विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् ।
उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एक/एक वर्ष गरी गरिने छ ।
त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आजको समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।
विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।
विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण