'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट्र चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आस्थाका आधारमा मानिसहरूलाई अपमानपूर्वक पक्राउ गरेको आरोप लगाए।
- उनले रवीन्द्र मिश्र लगायतका व्यक्तिहरूलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा बोलेको कारण दुई महिनादेखि थुनामा राखिएको बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले आफूहरूलाई औपचारिक रूपमा विद्रोहमा जाऊ भन्दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै लिङ्देनले सरकारले संविधानमा भएको प्रावधान विपरीत आस्थाका आधारमा अपमानपूर्वक प्रहरी खोरमा राख्ने र बलपूर्वक पक्राउ गरिरहेको बताए ।
‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ । दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ,’ लिङ्देनले भने ।
उनले भने, ‘आस्थाका आधारमा एक पछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई सभामुखमार्फत औपचारिक रूपमै सरकारले भन्दियोस् राजा मान्छु भन्ने, हिन्दुराष्ट्र चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण