'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट्र चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'

समाचार सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आस्थाका आधारमा मानिसहरूलाई अपमानपूर्वक पक्राउ गरेको आरोप लगाए।
- उनले रवीन्द्र मिश्र लगायतका व्यक्तिहरूलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा बोलेको कारण दुई महिनादेखि थुनामा राखिएको बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले आफूहरूलाई औपचारिक रूपमा विद्रोहमा जाऊ भन्दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै लिङ्देनले सरकारले संविधानमा भएको प्रावधान विपरीत आस्थाका आधारमा अपमानपूर्वक प्रहरी खोरमा राख्ने र बलपूर्वक पक्राउ गरिरहेको बताए ।
‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको छ । दुई महिनादेखि रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूलाई राजसंस्था मान्छु, हिन्दुराष्ट्र मान्छु, संघीयता मान्दिन भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ,’ लिङ्देनले भने ।
उनले भने, ‘आस्थाका आधारमा एक पछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई सभामुखमार्फत औपचारिक रूपमै सरकारले भन्दियोस् राजा मान्छु भन्ने, हिन्दुराष्ट्र चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना