थ्रि नेसन्स कपमा लाओसद्वारा भुटान पराजित
शनिबार, ११ चैत २०७९, २० : ३३

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । शनिबार भएको खेलमा लाओस २–१ गोलले विजयी भएको हो ।
बोउनफाचान बोउनकोङले खेलको तेस्रो मिनेटमा नै लाओसलाई अग्रता दिलाएका थिए । तर, ३४ औँ मिनेटमा चेन्छो ग्येल्त्सेनले भुटानका लागि बराबरी गोल फकाए । दोस्रो हाफको ७१ मिनेटमा बोउनकोङले दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र लाओसले खेल आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो खेलमा लाओस नेपालसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै