यी हुन् डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसद (सूचीसहित)
रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री लीला गिरीको पद संकटमा परेको छ । आजै माओवादीसहितका दलहरुले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता पनि लिएका छन् ।
लगत्तै केन्द्रीय गठबन्धनअनुसार कांग्रेस, माओवादीसहितका ८ दलका सांसदले हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।
पत्रमा कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् । साथमा सम्बद्ध पार्टीका हस्ताक्षर पनि बुझाइएको हो ।
हस्ताक्षर गर्ने सांसदको सूची हेर्नुहोस्ः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण