एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध
मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय वमानस् थलस् िथत टावर मा कार्यर त तीन जना एटीसीलाई कार बाही गरि एको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘एयर इन्डियाका चालक दललाई थप कारबाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा विभागलाई पत्राचार गरेका छौँ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
-
पूर्व विद्यार्थी समाजद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा स्वागत
-
इप्पानको महासचिव पदका उम्मेदवार आचार्यः व्यावसायिक दक्षता र नेतृत्वको सम्भावना
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
पार्टी सञ्चालन शैलीप्रति झलनाथ असन्तुष्ट, प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र
-
सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण