पार्टी सञ्चालन शैलीप्रति झलनाथ असन्तुष्ट, प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र
सारांश
- वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालन शैलीप्रति असहमति जनाउँदै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई २४ पृष्ठ लामो सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन्।
- खनालले पार्टीभित्र वैचारिक तथा सङ्गठनात्मक कमजोरी, कार्यकर्ता व्यवस्थापन र नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउँदै तल्लो तहसम्म एकीकरण हुन नसकेको उल्लेख गरेका छन्।
- उनले नेता-कार्यकर्ताले उचित जिम्मेवारी नपाउँदा निराशा बढेको, पार्टीभित्र असन्तुष्टि सिर्जना भएको र पलायनको प्रवृत्ति बढेको भन्दै पार्टी पुनर्गठन, कार्यकर्ता परिचालन र सङ्गठन सुदृढीकरणमा जोड दिएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी सञ्चालन शैलीप्रति गम्भीर असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार २४ पृष्ठ लामो सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन्।
खनालले पार्टीभित्र देखिएका वैचारिक तथा सङ्गठनात्मक कमजोरी, कार्यकर्ता व्यवस्थापन र नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउँदै एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म एकीकरण हुन नसकेको उल्लेख गरेका छन्। स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म सङ्गठनात्मक समायोजन अपूर्ण रहेको तथा कार्यकर्ताबिच अन्योल कायम रहेको उनको भनाइ छ।
पत्रमा खनालले पार्टीका नेता तथा कार्यकर्तालाई जिम्मेवारी र भूमिका नदिइएको विषयलाई विशेष रूपमा उठाएका छन् । लामो समयदेखि सक्रिय रहेका नेता–कार्यकर्ताले उचित जिम्मेवारी नपाउँदा निराशा बढेको र त्यसले पार्टीभित्र असन्तुष्टि सिर्जना गरेको उनको भनाइ छ । यही कारण पार्टी पङ्क्तिमा पलायनको प्रवृत्ति बढ्दै गएको र सङ्गठन कमजोर बन्दै गएको चेतावनी पनि उनले दिएका छन्।
खनालले वर्तमान राजनीतिक परिस्थितिअनुसार पार्टीले नयाँ कार्यदिशा, स्पष्ट रणनीति र प्रभावकारी सङ्गठनात्मक योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेतृत्वले समयको मागअनुसार पहल नगरे पार्टीको जनाधार थप खुम्चिने र सङ्गठनात्मक सङ्कट गहिरिने जोखिम रहेको उनको निष्कर्ष छ।
स्रोतका अनुसार खनालले बुझाएको २४ पृष्ठको पत्रमा पार्टी पुनर्गठन, कार्यकर्ता परिचालन, सङ्गठन सुदृढीकरण, वैचारिक स्पष्टता तथा नेतृत्वको कार्यशैली सुधारसँग सम्बन्धित विभिन्न सुझाव समेटिएका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टिकाबिच आएको यो पत्रलाई आगामी दिनमा पार्टीको दिशा, नेतृत्वको कार्यशैली र सङ्गठनात्मक भविष्यबारे हुने बहससँग जोडेर हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण