पूर्व विद्यार्थी समाजद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा स्वागत
काठमाडौँ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालटारबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाजले बिहीबार बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता पूर्व विद्यार्थी समाजका संस्थापक तथा पहिलो कार्यसमितिका अध्यक्ष रामराजा ओझाले गरेका थिए। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा एसएलसी ब्याच २०४८ का सदस्य, सनफ्लावर एकेडेमीका व्यवस्थापन अध्यक्ष एवं तारकेश्वर सिटी हस्पिटलका सञ्चालक उद्धव बोगटी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
प्रमुख अतिथि बोगटीले पूर्व विद्यार्थी समाजले विद्यालय, विद्यार्थी तथा समुदायको हितमा गरिरहेका गतिविधिहरू अत्यन्त प्रशंसनीय रहेको बताए। उनले समाजसँग सहकार्य गरी विद्यार्थीहरूका लागि विभिन्न सेवा सुविधामा छुट उपलब्ध गराउने परिचयपत्रको व्यवस्था गर्ने, विद्यालयका विद्यार्थीहरूलाई घोडाचढी सम्बन्धी ज्ञान, सीप तथा कला प्रदान गर्ने तथा भविष्यमा समाजले सञ्चालन गर्ने सम्पूर्ण शैक्षिक, सामाजिक र रचनात्मक गतिविधिहरूमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका संस्थापक वरिष्ठ उपाध्यक्ष विष्णु कार्कीले समाज स्थापना गर्नुको आवश्यकता, उद्देश्य तथा महत्त्वबारे प्रकाश पारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण