चीनको अनुदानमा निर्माण, विश्व बैङ्कको ऋणमा मर्मत
काठमाडौँ ।अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापना (रिहाबिलिटेसन)का लागि अहिले विश्व बैङ्कको तीन करोड रुपियाँको ऋण सहयोगबाट सुरु गरिएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको विस्तारका लागि चीनले नै डिजाइन गरेको थियो भने नेपालले त्यसलाई स्वीकृत गरेको थियो । डिजाइनमा भएको त्रुटि तथा निर्माणको समयमा आवश्यक अनुगमन हुन नसक्दा कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १.३ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको छ । बेस फेलियर’ भएको खण्डमा पुनस्र्थापना गर्न अहिले सो कालोपत्रे उप्काएर पुनस्र्थापन सुरु गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण