शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ

सोमबार, १३ चैत २०७९, ११ : ०३
सोमबार, १३ चैत २०७९

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप