‘मन्त्रीको पिए हुँ, अमेरिका पठाईदिन्छु’ भन्दै ठगी गर्ने श्रीमान्–श्रीमती प्रहरी फन्दामा
काठमाडौँ । ‘मन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने दाङको तुल्सिपुर–९ स्थायी घर भएका ४१ वर्षीय छबिलाल चौधरी र उनको श्रीमती शुभद्रा कर्माचार्यालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार छबिलाल चौधरीले पीडितहरुलाई अघिल्लो सरकारमा भूमिसुधार मन्त्री रहेका ‘गोपाल दहितको पिए हुँ’ भन्दै मन्त्रीको कोटामा अमेरिकामा हुन लागेको एक सेमिनारमा पठाईदिन्छु भनेर लाखौँ ठगी गरेका थिए ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३ स्थायी घर भएर बालाजु बस्दै आएका भरत डाँगी समेत सात जनासँग चौधरी दम्पतीले पटक–पटक गरेर २६ लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
एक पीडीतले जानकारी दिए अनुसार काठमाडौँको कालोपुल बस्दै आएका छविलाल चौधरीले अर्का एकजना डिल्लीराज चौधरी नामका व्यक्तिको समेत आफू पिए रहेको भन्दै अमेरिकाको ‘ईन्टरनेशनल इन्स्टिच्युट अफ इन्फिनिटीजम’ भन्ने संस्थामा रोजगारी लगाईदिन्छु भन्दै ठगेका थिए ।
प्रहरीले गत बुधवार छविलाल र उनकी पत्नी शुभद्रालाई नियन्त्रणमा लिएर ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
महाशाखाका अनुसार चौधरीले पिडीतहरुलाई ‘ईन्टरनेशनल इन्स्टिच्युट अफ इन्फिनिटीजम’ को निमन्त्रणा पत्र, इन्भोइस अफ रजिष्ट्रेशन लेटर तथा बेनिफिट्स अफ कन्फेरेन्स लेटर समेत प्रिन्ट गरेर दिएका थिए ।

छविलालले पिडीतहरुलाई फ्लाईट हुने भनेको समयमा उडान नभएपछि पिडीतहरुले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।
प्रहरीले अभियुक्तहरुको साथबाट पिडीतहरुको १४ थान पासपोर्ट लगायतका कागजात बरामद गरेको छ ।
अमेरिका जान प्रतिब्यक्ति २५ लाग लाग्ने बताउँदै ठगी गरेका चौधरीले पिडीतहरुसँग श्रीमती सुभद्रा कर्माचार्यको नाममा रहेको बैंक अफ काठमाण्डौंका खातामा पैसा पठाउन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण