जघन्य अपराधमा संलग्न अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा
सोमबार, १३ चैत २०७९, १३ : २६
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्। अध्यक्ष थापाले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताए । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा अध्यक्ष थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएको छ । उनीहरुका परिवारले न्याय पाउनुपर्छ।’
थापाले हत्यालाई वर्गाीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता हुन नसक्ने बताएका छन्।उनले लेखेका छन् ः ‘हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण