शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वीलचियर क्रिकेट : नेपाल सेमिफाइनलमा पराजित

सोमबार, १३ चैत २०७९, २० : ३९
सोमबार, १३ चैत २०७९

काठमाडौँ । नेपाल पुरुष टोली ह्वीलचियर क्रिकेट प्रतियोगितामा सोमबार पराजित भएको छ । नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापकमा कुमार पौडेलले जनाएका छन् ।

भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणीनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कटुवाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप