नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्

समाचार सारांश
- भारतीय अभिनेत्री नोरा फतेहीले काठमाडौंको हायात होटलमा नेपाली कलाकारहरूसँग प्रस्तुति दिइन्।
- कार्यक्रम 'ह्युमन रेस्पेक्ट नेपाल' नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको थियो, जहाँ उनले विभिन्न बलिउड गीतमा नृत्य गरिन्।
- नोरा फतेहीले नेपाल भ्रमण पहिलो पटक गरेकी हुन् र उनले नेपाली दर्शकलाई मनोरञ्जन दिने कुरामा जोड दिएकी थिइन्।
काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको प्रस्तुतिले हायात ग्राउन्ड रौनकमय बन्यो ।
हायात ग्राउन्डमा उनले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् ।
नोरा आजमात्रै काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन् ।
‘म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो’, उनले भनेकी थिइन् ।
उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा