म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
आइतबार, ०४ जेठ २०८२, ०२ : ०४

काठमाडौं । वेम्बलीमा म्यान्चेस्टर सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले एफए कपको ट्रफी उचालेको छ । फाइनलमा १-० को जित निकाल्दै क्रिष्टलले क्लब इतिहासमा पहिलो सबैभन्दा ठूलो ट्रफी उचालेको हो ।
क्रिष्टलका अग्रपंक्ति एबेरेची एजे हिरो बने । उनले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पछि दुबैतर्फबाट गरेका प्रयासहरु विफल रहे । यता, पेप ग्वार्डिवलाको टोली म्यान्चेस्टर सिटी पहिलो पटक एक सिजन ट्रफी जित्न असफल रहयो ।
ग्वार्डिवला खेलका दौरान खेलाडीप्रति नै आक्रोशित हुन पुगेका थिए भने उत्कृष्ट अवसर गुमाएकामा स्तब्ध भए । म्यान्सिटीले बलमाथि कब्जा जमाएपनि ओलिभर ग्लासनरको टोलीले शानदार बचाउ गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते