म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
आइतबार, ०४ जेठ २०८२, ०२ : ०४
काठमाडौं । वेम्बलीमा म्यान्चेस्टर सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले एफए कपको ट्रफी उचालेको छ । फाइनलमा १-० को जित निकाल्दै क्रिष्टलले क्लब इतिहासमा पहिलो सबैभन्दा ठूलो ट्रफी उचालेको हो ।
क्रिष्टलका अग्रपंक्ति एबेरेची एजे हिरो बने । उनले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पछि दुबैतर्फबाट गरेका प्रयासहरु विफल रहे । यता, पेप ग्वार्डिवलाको टोली म्यान्चेस्टर सिटी पहिलो पटक एक सिजन ट्रफी जित्न असफल रहयो ।
ग्वार्डिवला खेलका दौरान खेलाडीप्रति नै आक्रोशित हुन पुगेका थिए भने उत्कृष्ट अवसर गुमाएकामा स्तब्ध भए । म्यान्सिटीले बलमाथि कब्जा जमाएपनि ओलिभर ग्लासनरको टोलीले शानदार बचाउ गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण