वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
सारांश
- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको वन्डरल्यान्ड वाटर पार्कमा कक्षा १२ का विद्यार्थी र पार्क प्रशासनबीच विवाद हुँदा तोडफोड भएको छ।
- पार्कमा प्रवेश नपाएपछि विद्यार्थीहरूले ढुङ्गामुढा गरे, जसमा ५ प्रहरी घाइते भए र १० विद्यार्थीलाई नियन्त्रणमा लिइयो।
- झडपमा पार्कको गेट र संरचनामा क्षति पुगेको छ, भने जनकपुरधाम उद्योग वाणिज्य सङ्घले घटनाप्रति दुःख व्यक्त गरेको छ।
जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित सञ्चालित वन्डरल्यान्ड वाटर पार्कमा तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष छुट सुविधा दिएकामा एकैपटक ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि पार्क प्रशासनले प्रवेश रोकेपछि विवाद भएको थियो ।
त्यही विषयलाई लिएर विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किएर विद्यार्थीले ढुङ्गामुढा गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा पाँचजना प्रहरी घाइते भएका छन् भने दश जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए ।
झडपका क्रममा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाबाट पार्कको मूल गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले वन्डरल्यान्ड वाटर पार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण