घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
सारांश
- एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लब छाड्ने संकेत गरेका छन्।
- टोटनहाम विरुद्धको खेलपछि मार्टिनेज रोएका थिए, जहाँ भिल्लाले २-० ले जित हासिल गरेकाे थियाे ।
काठमाडौँ । प्रिमियर लिगको जारी सिजनमा आफ्नो अन्तिम घरेलु खेलपछि एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लब छाड्ने संकेत देखाएका छन् । गएराति भिल्ला पार्कमा फ्यानहरूलाई उनले आफ्ना समर्थकहरूलाई हात हल्लाउँदै बिदाइ गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
टोटनहामसँगको खेलमा पूर्ण समयको सिट्टी बजेपछि मैदानबाट बाहिरिँदै गर्दा विश्वकप विजेता गोलकिपरको आँखा आँसुले भरिएका थिए । उक्त खेलमा भिल्लाले टोटनह्यामलाई २–० ले हराएको थियो । उनी सन् २०२० मा एस्टन भिल्ला आएका हुन् ।
अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताउँदा उनी टोलीमा महत्वपूर्ण खेलाडी थिए । फ्रान्सविरुद्ध फाइनल भिडन्तमा पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी हुँदा उनी नै गोलकिपर थिए । उक्त विश्वकपमा उनी सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
उनलाई दुई शीर्ष युरोपेली क्लबहरूबाट प्रस्ताव आएको छ । जबकि साउदी प्रो लिगको एउटा टोलीले पनि उनलाई भित्र्याउन चाहेको बताइन्छ ।
यद्यपि, ३२ वर्षीय खेलाडीले उत्तर अमेरिकामा हुने आगामी सन् २०२६ को विश्वकप तयारीका लागि युरोपमै रहने र साउदीका क्लबहरूले गरेको उच्चतम रकमको प्रस्ताव अस्वीकार गर्न सक्ने विश्व फुटबलका जानकारहरू बताउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण