आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?

शनिबार, ०३ जेठ २०८२, १५ : ४५
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लब छाड्ने संकेत गरेका छन्।
  • टोटनहाम विरुद्धको खेलपछि मार्टिनेज रोएका थिए, जहाँ भिल्लाले २-० ले जित हासिल गरेकाे थियाे ।

काठमाडौँ । प्रिमियर लिगको जारी सिजनमा आफ्नो अन्तिम घरेलु खेलपछि एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले क्लब छाड्ने संकेत देखाएका छन् ।  गएराति भिल्ला पार्कमा फ्यानहरूलाई उनले आफ्ना समर्थकहरूलाई हात हल्लाउँदै बिदाइ गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

टोटनहामसँगको खेलमा पूर्ण समयको सिट्टी बजेपछि मैदानबाट बाहिरिँदै गर्दा विश्वकप विजेता गोलकिपरको आँखा आँसुले भरिएका थिए । उक्त खेलमा भिल्लाले टोटनह्यामलाई २–० ले हराएको थियो । उनी सन् २०२० मा एस्टन भिल्ला आएका हुन् । 

अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताउँदा उनी टोलीमा महत्वपूर्ण खेलाडी थिए । फ्रान्सविरुद्ध फाइनल भिडन्तमा पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी हुँदा उनी नै गोलकिपर थिए । उक्त विश्वकपमा उनी सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए ।   

उनलाई दुई शीर्ष युरोपेली क्लबहरूबाट प्रस्ताव आएको छ । जबकि साउदी प्रो लिगको एउटा टोलीले पनि उनलाई भित्र्याउन चाहेको बताइन्छ । 

यद्यपि, ३२ वर्षीय खेलाडीले उत्तर अमेरिकामा हुने आगामी सन् २०२६ को विश्वकप तयारीका लागि युरोपमै रहने र साउदीका क्लबहरूले गरेको उच्चतम रकमको प्रस्ताव अस्वीकार गर्न सक्ने विश्व फुटबलका जानकारहरू बताउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप