नाचघरमा सुरु भयो बुद्ध थिएटर फेस्टिवल
काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्च मार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन उदेश्यले काठमाडौंमा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर सांस्कृतिक संस्थानमा सोमबारबाट फेष्टिभल सुरु गरिएको हो । फेष्टिभल पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक फेष्टिभल संस्थान र डबली थिएटरले संयुक्त आयोजना रहेको छ ।
काठमाडौंको बौद्ध स्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन भएको छ । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाएपछि आफन्तले दिएको श्रापको कथामा आधारित छ । तर पछि भिक्षुको आशीर्वादले श्रापबाट मुक्तभई उनीहरूको जीवनमा सुख र शान्ति आएको कथा नाटकमा समेटिएको छ ।
नाटकमा शुशीला थापा, तीर्थ राज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गरेका थिए । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थ राज पोखरेलको गीत रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी र गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली थिए ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताए । ‘बुद्ध दर्शनकाअनुयायीहरूविश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमाआकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भने ।
महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, फेस्टिवल निर्देशक पुष्कर गुरुङ लगायतको उपस्थिती थियो । कार्यक्रममा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदी लगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गरेकी थिइन् ।
चैत १७ गतेसम्म चल्ने महोत्सबको दोस्रो दिन आज मंगलबार प्रशान्त बगाले निर्देशित ‘थ्रीलाफिङ मंक्स’, बुधबार निकिता गुरुङ निर्देशित ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित ‘पताक्षर’, बिहीबार वर्षा भण्डारी निर्देशित ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण