चार वटा हिमालबाट ३५ टन फोहर सङ्कलन गर्दै सेना
काठमाडौँ । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रधान सेनापति शर्माले गत वर्ष सम्पन्न ‘सफा हिमाल अभियान, २०२२’ मा योगदान पु-याउनेहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे । साथै उनले ‘सफा हिमाल अभियान, २०२३’ का अभियान नेतृत्वकर्तालाई क्याम्यिन फ्ल्याग’ हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायत सङ्घसंस्थाको प्राविधिक सहयोग रहेको छ ।
उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण