पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्छौँ : मुख्यमन्त्री गिरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका सम्झौता कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको मुक्त कमलरी विकास मञ्चलगायत सम्बद्ध चार संस्थाका पदाधिरीसँग मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने बचन दिए ।
उनले आगामी आवको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम समावेश गरी कार्यान्वयन गर्दै पुनःस्थापना र व्यवस्थापनको दीगो प्रयास हुने बताए ।
मुक्तकमैया, कमलरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्तकमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अङ्गिकार गरी आवश्यक नीति तथा कार्यक्रममा परिवर्तन गर्न माग गर्दै मुख्यमन्त्री गिरी समक्ष ज्ञापनपत्र बुझाइएको हो ।
मुक्तकमैया समाज केन्द्रीय समितिको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा चार हजार छ सय ९५ मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण