२३४ किलो गाँजासहित ५ जना पक्राउ
बुधबार, १५ चैत २०७९, १० : १७
काठमाडौँ । मोरङ प्रहरीले २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो ।
भारतको अररिया जिल्लास्थित ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ ।
प्रतिवादीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण