२३४ किलो गाँजासहित ५ जना पक्राउ
बुधबार, १५ चैत २०७९, १० : १७
काठमाडौँ । मोरङ प्रहरीले २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो ।
भारतको अररिया जिल्लास्थित ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ ।
प्रतिवादीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा