रौतहटमा २ घरमा आगलागी, जलेर एक बालिकाको मृत्यु
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गए राति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ।
ईशनाथ नपा ६ जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासि आगलागी भएको थियो। आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ बर्सिया छोरी रजिया खातुनको जलेर मृत्यु भएको प्रहरी चौकी जयनगरका असई शत्रुधन यादवले बताएका छन्। केही दिनपछि हुन लागेको रहमानको छोरीको विवाहको तयारी स्वरूप घरमा राखिएको लत्ताकपडा,अन्न, तथा केही गहना जल्नुका साथै एउटा पाडो समेत जलेर मरको छ।
आगलागीबाट रहमानको १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको असई यादवले जानकारी दिए। रहमानको घरबाट सल्किएर छिमेकी शेख ईरसादको गोठ जलेर दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी जयनगर तथा गाउँलेको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण