काठमाडौँका यी क्षेत्रमा आज सवारी आवागमन प्रभावित हुने
बिहीबार, १६ चैत २०७९, ०७ : १९

काठमाडौँ । काठमाडौँका केही स्थानमा आज पनि सवारी आवागमन प्रभावित हुने भएको छ । सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगरले जनाएको छ ।
आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवागमन प्रभावित हुनसक्ने महानगरपालिकाले जनाएको छ । चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।
महानगरका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण