काठमाडौँका यी क्षेत्रमा आज सवारी आवागमन प्रभावित हुने
बिहीबार, १६ चैत २०७९, ०७ : १९
काठमाडौँ । काठमाडौँका केही स्थानमा आज पनि सवारी आवागमन प्रभावित हुने भएको छ । सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगरले जनाएको छ ।
आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवागमन प्रभावित हुनसक्ने महानगरपालिकाले जनाएको छ । चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।
महानगरका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण