चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
बिहीबार, १६ चैत २०७९, १४ : ५४
काबुल । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनामा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् । अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिबान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण