राशिद खान टी–२० बलरको वरीयताको शीर्ष स्थानमा
काठमाडौँ । राशिद खान टी–२० क्रिकेटको बलरहरूको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । उनले श्रीलंकाका वानिन्दु हसरांगालाई पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाएका हुन् । शारजाहमा अफगानिस्तानले पाकिस्तानविरुद्धको शृङ्खलामा ऐतिहासिक जित हासिल गरेको थियो । खानसँगै अफगानिस्तानका युवा बलर फजालहक फारुकी वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । उनले शृङ्खलामा ४.७५ को इकोनोमीमा ५ विकेट लिँदै वरीयतामा १२ स्थानमाथि उक्लन सफल भएका हुन् ।
खान यसअघि गत वर्षको नोभेम्बरसम्म वरीयताको शीर्ष स्थानमा रहेका थिए । उनी सन् २०१८ को फेब्रुअरीमा पहिलोपटक शीर्ष स्थानमा पुगेका थिए । चौथौँ स्थानमा अस्ट्रेलियाका जोस हेजलवुड छन् भने पाँचौँ स्थानमा इंग्ल्याण्डका आदिल रसिद रहेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः एडम जाम्पा (अस्ट्रेलिया), साम करान (इंग्ल्याण्ड), मुजिब उर रहमान (अफगानिस्तान), एनरिच नोर्टजे (दक्षिण अफ्रिका) र मिचेल स्यान्टनर (न्युजिल्याण्ड) छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण