मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउन लागि मधेस सरकारले तयारी पूरा गरेको जनाएको हो ।
चैत १७ गतेदेखि देशभर एसईई परिक्षा शुरु हुँदैछ । मधेस प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चुणामणि फुयालले मधेसमा यस पटकको एसईई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परिक्षार्थीहरु सहभागी हुने बताए । उनका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिनेछन् ।
त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुनेछन् । मधेस प्रदेशमा परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ । परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेस प्रदेश सरकारले जनाएको छ ।
मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेसमा एसईई परीक्षालाई मर्यादित, भयरहीत र अनुशासित बनाउनका लागि मधेस सरकारले हरसम्भव प्रयास गर्ने बताए । उनले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय ईकाईका प्रमुखहरु, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरुले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको बताए ।
मधेसमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तीर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि मधेस प्रदेशले यस पटकको एसईई परीक्षामा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाको बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण