शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कोशी प्रदेशकाे नाम खारेज गर्न माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)

कोशी प्रदेशकाे नाम खारेज गर्न माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)

शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै राजधानीमा पनि प्रदर्शन भएको छ । शुक्रबार कोशी प्रदशको नाम खारेज गर्न माग गर्दै पहिचानवादी संघ–संस्थाहरुले माइतीघरदेखि वानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । उनले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्नेमा जोड दिए ।

प्रदर्शनकारीहरुले कोशी प्रदेशको नाम ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्न, प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेका छन् ।   प्रदर्शनमा सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया