सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
सारांश
- सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ।
- प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेको कार्ययोजना अनुरूप अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारणको परीक्षण गर्ने काम सम्पन्न भएको सर्वोच्च प्रशासनले जनाएको छ।
- ट्रायल लाइभ स्ट्रिमिङ परीक्षण सफल भए पनि गोपनीयताको हक, संवेदनशील मुद्दाहरूको प्रसारण र प्राविधिक सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक देखिन्छ।
काठमाडौँ । सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइलाई भिडियो माध्यम ‘यु–ट्युब’ मार्फत प्रत्यक्ष प्रसारण गरेको हो।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेको कार्ययोजना अनुरूप अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारणको परीक्षण गर्ने काम सम्पन्न भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रधान न्यायाधीशको कार्ययोजनाको बुँदा ३.२ को १०औँ बुँदामा उल्लेखित ‘अदालतमा हुने सुनुवाइलाई सूचना प्रविधिमार्फत प्रत्यक्ष प्रसारण गर्ने’ प्रतिबद्धतालाई कार्यान्वयन गर्ने सिलसिलामा यो ‘ट्रायल लाइभ स्ट्रिमिङ’ गरिएको सर्वोच्च अदालतले जनाएको छ।
‘ट्रायल लाइभ स्ट्रिमिङ’ परीक्षण सफल भए पनि आगामी दिनमा यसलाई नियमित बनाउँदा गोपनीयताको हक, संवेदनशील मुद्दाहरू (जस्तै: बलात्कार, घरेलु हिंसा वा नाबालक जोडिएका मुद्दा) को प्रसारण गर्ने वा नगर्ने मापदण्ड र प्राविधिक सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक देखिन्छ। अदालतले यो विषयमा एउटा स्पष्ट मापदण्ड बनाएर लाइभ स्ट्रिमिङ अगाडी बढाउने कार्ययोजना बनाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण