सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित

सोमबार, २५ जेठ २०८३, १९ : ३२
सोमबार, २५ जेठ २०८३

काठमाडौँ।अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्।

पुरुषोत्तम सिलवाल(२०३८) ले १० चरणको प्रतिस्पर्धामा ६ अंक जोड्न सफल भएका छन् । यससँगै उनी उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित भएर नेपाली नगद रु. १६ हजार पुरस्कार हात पारेका छन् ।

प्रतिस्पर्धामा उत्कृष्ट विदेशी प्रथम उज्वेकिस्तानका सिएम कमत्या कुभोज मिराज र तेश्रोमा स्कटल्याण्डका सिएम बोग्गारापु कृतन घोषित भएका छन् ।

सिलवालले शुरुको खेलमा ११ ओैं वरियताका रुसी ग्रायन्ड मास्टर सभचेन्को बोरिसलाई स्तब्ध पारेका थिए। रुसी जिएम भर्खरै उडिसामा सम्पन्न कीट अन्तर्राष्ट्रिय चेस प्रतियोगिताका विजयी खेलाडी हुन् ।

नेपाली राष्ट्रिय उपविजेता सिलवालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रसियन जिएम सभचेन्को बोरिस(२४७८),  स्कटल्याण्डका सिएम बोग्गारापु कृतन(२१९७), नागा वेङ्कटा(१९३९), पल्किन कौर(१८८०) लाई पराजित गर्न सफल भएका छन्।

नेपाली खेलाडी सिलवालले स्लोभाकियाका जिएम मानिक मिकुलास(२३०१), भारतीय एफएम आर्नभ अग्रवाल(२२३८), एफएम अंकित राय(२२३०), सिएम शेर्ला प्रथमेश(२११८) सँग बराबरी खेलेर महत्त्वपूर्ण अंक जोडेका थिए।

उनले आफू भन्दा उच्च वरियता प्राप्त इजरायली अन्तर्राष्ट्रिय मास्टर लेभिन गाइ(२४८७) र भारतका एफएम सिद्धान्त गवाइ(२२८१) सँग पराजित भएका थिए।

प्रतियोगितामा पुरुषोत्तमको प्रदर्शन फिडे रेटिङ (२२९७) रह्यो भने उनले (२०३८) मा (१२४) रेटिङ बढाउन सफल भए। ग्रायन्ड मास्टर स्तरको स्पर्धामा ६ अंक जोड्नु निकै सफलता हो। शुरुमा १६२ ओैं स्थानबाट खेलेर ६८ ओैं स्थानमा सिलवालले प्रतियोगिता टुङ्ग्याएका छन् ।

यसअघि ओडिसामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पनि ८० रेटिङ बढाएका पुरुषोत्तमले गुजारातमा थप १२४ रेटिङ बढाउदै आफ्नो रेटिङ २२३८ पुर्‍याएका छन् ।

३०६ जना खेलाडीहरुको सहभागीता रहेको  प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसिया, इजरायल, स्लोभाकिया, फिलिपिन्स, आर्मेनिया लगायत २३ राष्ट्रहरुको सहभागी रहेको थियो।

प्रतियोगिताको उपाधि इजरायलका आईएम बेनी आइजेन्बर्ग (२४६६)ले ८ अंकसहित जिते। भियतनामका आईएम गुयेन क्वोक हाइ(२४२२) दोस्रो तथा भारतका जिएम अभिजित गुप्ता(२५४०) तेस्रो स्थानमा रहे।
विशेषगरी उच्चस्तरीय ग्रान्डमास्टर्स प्रतियोगितामा उल्लेखनीय रेटिङ वृद्धि गर्नु नेपाली बुद्धिचालका लागि उत्साहजनक उपलब्धि रहेको प्रवक्ता ताम्राकारले जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप