कर्णालीमा एमाले संसदीय दलका नेता कँडेलले भने– सत्ता पक्षमा बसेर विपक्षमा भोट हाल्दैन

सुर्खेत । कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । राष्ट्रिय राजनीतिमा जे–सुकै भएपनि प्रदेशमा एमालेले विश्वासको मत दिने भएको हो । मुख्यमन्त्री राजकुमार शर्माले दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्तावबारे छलफलमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सत्ता पक्षमा बसेर एमालेले विपक्षमा भोट नहाल्ने बताए ।
‘म बसेको अगाडि सत्ता पक्ष लेखेको छ, अनि विपक्षमा हाल्ने कुरा भएन,’उनले थपे,‘ सरकारमा सामेल रहेको पार्टीबाट विपक्षमा भोट हाल्नुपर्ने अवस्था रहेको छैन । त्यो भएकाले आसनअनुसार, भूमिका अनुसार विश्वासको पक्षमा भोट हाल्ने छौँ ।’ यस्तै कर्णालीमा कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्मालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर संसदमा बोल्दा संसदीय दलका नेता जीवनबहादुर शाहीले मत दिने÷नदिनेबारे भने स्पष्ट कुरा उल्लेख गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी