चितवन–२ मा मेरो कोही प्रतिस्पर्धी छैन : जितनारायण श्रेष्ठ
काठमाडौँ । चितवन– २ मा सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले सो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताएका छन् । उम्मेदवारी दर्ताअघि भरतपुरको चौबीसकोठी चोकमा कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले आफु नेता बन्न नआएको बरु सेवक भएर काम गर्न आएकाले आफ्नो जित निश्चित भएको दावी गरे ।
‘परिस्थितिले मलाई उम्मेदवार बानायो । यो निर्वाचन कांग्रेस र गठबन्ध जोगाउनका लागि हुँदैछ । पार्टीको इमान्दार कार्यकर्ता भएकाले यो निर्वाचन मेरो पक्षमा छ’, उनले भने, ‘२ नम्बर क्षेत्रमा मेरो कुनै प्रतिस्पर्धी देखेको छैन ।’
उनले क्षेत्र नम्बर २ का जनता मात्र नभएर चितवनका नागरिकले आफुलाई राम्रोसँग चिनेको भन्दै नेता बन्न नभई जनताको जनताको सेवक भएर काम गर्न आएको बताए । साथै उनले केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजेको आरोप पनि लगाए । ‘केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे । त्यो कदापि स्वीकार्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण