वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु

उदयपुर । उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने वृहत योजना सुरु भएको हो ।
नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा रु एक अर्ब ५८ करोड १६ हजार पाँच सय ५० लागतमा आयोजनाको कार्य सुरु भएको हो ।
फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन् । योजनाको पहिलो चरण्मा ट्याङ्की निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ ।
दोस्रो चरणमा तीन वटा स्थानका ठूला ट्याङ्कीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ । योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै तीन हजार, रौतामाका दुई हजार र ताप्लीका तीन हजार पाँच सय घरपरिवार लाभान्वित हुनेछन् ।
विसं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन ।
आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने एक प्रतिशत रकम गाउँपालिकामार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
-
किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा