वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु
उदयपुर । उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने वृहत योजना सुरु भएको हो ।
नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा रु एक अर्ब ५८ करोड १६ हजार पाँच सय ५० लागतमा आयोजनाको कार्य सुरु भएको हो ।
फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन् । योजनाको पहिलो चरण्मा ट्याङ्की निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ ।
दोस्रो चरणमा तीन वटा स्थानका ठूला ट्याङ्कीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ । योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै तीन हजार, रौतामाका दुई हजार र ताप्लीका तीन हजार पाँच सय घरपरिवार लाभान्वित हुनेछन् ।
विसं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन ।
आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने एक प्रतिशत रकम गाउँपालिकामार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण