कुकुरको संख्या घटाउन बुटवलमा छाडा कुकुरको बन्ध्याकरण
बुटवल । बुटवलमा छाडा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ ।
बुटवल उपमहानगरपालिकाभित्रका सडकमा कुकुरको संख्या धेरै भएपछि घटाउन तथा रेबिज रोग फैलिन नदिन बन्ध्याकरणका साथै रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।
बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा मंगलबारबाट ३ दिने अभियान थालिएको हो ।
अभियानले सडक कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्न अनुमति लिनुपर्ने व्यवस्थाका लागि कानून प्रक्रिया सुरु भएकोे बताए ।
बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण अभियान थालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
-
कारागारमा उत्पादित सामग्रीको माग घट्यो
-
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण