पेनाल्टीलगत्तै लुकाकुलाई रातो कार्ड
बुधबार, २२ चैत २०७९, ०९ : ३६
टुरिन । ९५ औँ मिनेटमा पेनाल्टी गरेलगत्तै रोमेलु लुकाकुले रातो कार्ड पाउँदा कोपा इटालियाको नाटकीय खेलमा इन्टर मिलानले युभेन्टससँग बराबरी खेलेको छ । मंगलबार राति भएको पहिलो लेगमा दुई टोली १–१ को बराबरीमा रोकिएका हुन् ।
हुवान क्वाडराडोले खेलको ८३ औँ मिनेटमा युभेन्टलाई अग्रता दिलएका थिए । तर, इन्जुरी समयमा ग्लेसन ब्रेमरले ह्यान्डबल गरेपछि इन्टरले पेनाल्टी पायो । गोलपछि घरेलु समर्थक अगाडि गरेको प्रदर्शनका लागि दोस्रो पहेँलो कार्ड पाउँदै लुकाकु मैदान छाड्न बाध्य भए ।
त्यसपछि दुई टोलीका खेलाडीबीच विवाद सुरु भएको थियो । विवाद बीच क्वाडराडो र इन्टरका कप्तन सामिर हान्डानोविचले पनि रातोकार्ड पाएका थिए । साबिक विजेता इन्डर पछिल्ला पाँच खेलमा जीतविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण