इन्डियन आइडल १३ का विजेताले भने, ‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ’

इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले पनि शुभकामना दिए । ऋषिले एक भारतीय सञ्चार माध्यमसँग इन्डियन आइडलको यात्रा र सफलताबारे खुलेर कुराकानी गरेका छन् ।
योगी जीको ट्विटले मेरा अभिभावक निकै खुसी हुनुहुन्छ
इन्डियन आइडलको यात्राबारे ऋषि भन्छन्, ‘यो यात्रालाई म शब्दमा बयान गर्न सक्दिनँ । मैले यहाँ धेरै कुरा सिक्न पाएँ । जे सिकेको छु, त्यो जीवनभर काम लाग्नेछ । यो यात्रामा जसले मलाई साथ दिनुभएको छ, भित्री मनदेखि धन्यवाद । सायद उहाँहरूको प्रार्थनाले नै मैले यो उपाधि जित्न सकेको हुँ ।’
युपीका मुख्यमन्त्री योगी आदित्यनाथको ट्विटमा ऋषिले भने, ‘मैले उहाँको ट्विट देखेँ, असाध्यै खुसी लाग्यो । उहाँको तर्फबाट ट्विट आउनु भनेको मेरो लागि ठुलो कुरा हो । म त यसलाई आफ्नो उपलब्धि नै मान्छु । यो देखेर मभन्दा पनि मेरो परिवारका सदस्य खुसी हुनुहुन्छ । हाल म लखनउमा छु, त्यसैले मेरो यो कोसिस हुनेछ कि म एक पटक उहाँलाई भेटूँ ।’
पहिलो प्रयासमा भएका थिए अस्वीकार
यसबारे ऋषि भन्छन्, ‘म निकै भाग्यमानी छु कि मेरो परिवारले सधैँ मेरो सपनालाई समर्थन गर्नुभएको छ । म आज जे जस्तो छु, यसमा उहाँहरूकै हात छ । म सङ्गीतलाई बाल्यकालदेखि नै अनुसरण गर्दै आएको छु तर इन्डियन आइडलको स्टेजमा आउनुको उद्देश्य भने मलाई र मेरो क्षमतालाई मानिसहरूले चिनुन् भन्ने नै हो । तपाईँ अस्वीकारमा पर्दा साँच्चै मन दुख्छ । सायद यो मेरा लागि बनेकै होइन जस्तो पनि सोच आउँथ्यो । यद्यपि, मैले यसलाई चुनौतीको रूपमा हेरेँ । ममा एउटा जिद्दी थियो कि चाहे जेसुकै होस्, यो सोमा भाग लिएरै छोड्छु ।’
धर्मपुत्र हुँ भन्ने थाहा पाउँदा विक्षिप्त भएको थिएँ
स्मरण रहोस्, ऋषिलाई आफू धर्मपुत्र हुँ भनेर कार्यक्रमको बीचमा नै थाहा भएको थियो । यो खबरले ऋषिलाई निकै दुःखी बनाएको थियो । स्टेजमा त्यति बेला कस्तो महसुस भइरहेको थियो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यति बेला मेरा लागि यो कुरा महसुस गर्न गाह्रो भइरहेको थियो । वास्तविकता थाहा पाउँदा म विक्षिप्त भएको थिएँ । यसमा कस्तो प्रतिक्रिया दिने भनेर बुझ्न सकिरहेको थिइनँ, म असाध्यै रोएको थिएँ । तर मलाई त्यहाँ सबैले सम्झाउनुभयो । म असाध्यै भाग्यमानी छु कि मेरो आमाबुवा भगवान् बनेर मेरो जीवनमा आउनुभयो । म उहाँहरूको सधैँ ऋणी हुनेछु ।’
सबै कुरा सपना जस्तो लागिरहेको थियो
प्रस्तुति दिँदा कहिल्यै ‘शो मस्ट गो अन’ जस्तो स्थित रह्यो भनेर सोधिएको जवाफमा ऋषिले भने, ‘कार्यक्रममा यति धेरै राम्रा मेन्टर्स हुनुहुन्छ, उहाँहरूले हाम्रो यात्रा निकै सहज बनाइदिनु भएको थियो । स्टेज एउटा यस्तो स्थान हो जहाँ तपाईंको कुनै पनि गल्ती माफी हुँदैन । हामी सतर्क थियौँ कि जस्तोसुकै समस्या हुँदा पनि स्टेजमा राम्रो प्रस्तुति दिनुपर्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु
-
डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
-
सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे