हुलाकी सडक निर्माणमा चरम लापरबाही भएको भन्दै संघर्ष समितिले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौँ । मधेस प्रदेशमा बन्दै गरेको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा चरम लापरबाही भएको भन्दै हुलाकी सडक संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
संघर्ष समितिले सडकलाई पूर्णता दिन सरकार र ठेकेदार कम्पनीसँग माग गरेको छ ।
समितिका अध्यक्ष रामरिझन यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै धर्ना, जुलुस, सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएपनि हालसम्म पनि सडक बन्न नसक्नु दुःखद रहेको उल्लेख गरेका छन् ।
उनले कनकाई र बेरिंग नदीमा पुलसमेत नबन्दा मधेस प्रदेशका स्थानीयलाई समस्या हुँदै आएको बताए ।
यस्तै कमला नदीमा पुल नबन्दा राजविराजका स्थानीयलाई प्रदेश राजधानी पुग्न समस्या भएको उनको भनाइ छ ।
उनका अनुसार पुल नबन्दा १८ किमीको सिरहाबाट महेन्द्र राजमार्ग पुग्न ८२ किमी हिँड्न बाध्य हुनुपरेको छ ।
कमला पुलको ठेक्का लागेको ११ वर्ष भएपनि अझै पनि पुरा हुन सकेको छैन । २०६८ साल जेठ १३ गते पप्पू र लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजारमा पुल निर्माण गर्न ठेक्का लिएका थिए । सम्झौता अनुसार २०७१ सालमा हस्तान्तरण गर्नुपर्ने थियो । तर पुरा हुन नसकेपछि २०७५ मा सो नगरेकोले २०७५ साल माघमा हुलाकी सडक संघर्ष समितिले एक महिना तीन दिन अनसन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएपछि अनसन तोडेको यादवले बताए । ओलीको निर्देशनपछि लुम्बिनी जेभीले पुल बनाएपनि उद्घाटन गर्न नपाउँदै भत्किएको थियो । त्यसपछि फाल्गुन १५ गते तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पुल निरीक्षण गरेका थिए । उनको निर्देशनपछि ठेकेदारले माटो परीक्षणबाहेक केही काम नगरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण