मिटरब्याजीको अन्त्य गर्न पनि मधेस प्रदेशमा बीमाको बढाउनुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले मधेस प्रदेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिहीबार मधेस प्रदेशस्थित बीमकहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका लागि कम्पनीहरूले नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘मधेस प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेसमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरू नयाँ ढङ्गले अगाडि बढ्नुपर्यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्यो ।’
बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउने बताउँदै अध्यक्ष सिलवालले यसो हुँदा गरिबहरू मिटरब्याजीकोमा जानु नपर्ने बताए । यसले मिटरब्याजीको अन्त्य हुने समेत उनले बताए ।
सोही अवसरमा अध्यक्ष सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरूले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान नदिन समेत आग्रह गरे । बीमालेख नवीकरणमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण