माओवादी उपमहासचिव शर्माले भने–केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ
सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले अबको केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुने बताएका छन् ।
बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको संगठन विभागको कार्यक्रममा बोल्दै शर्माले समाजवादी मोर्चाको घोषणा गर्नका लागि आन्तरिक रूपमा तयारी तीव्र छलफल भइरहेको बताएका हुन् ।
शर्माले तीन दलहरुकाबीच समाजवादी मोर्चा भन्न लागेको जानकारी दिए । तर, उनले कुन–कुन दलहरुबीच समाजवादी मोर्चा भन्दै छ त्यो भने खुलाएनन् । यस्तै शर्माले माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे ।
उनले भने,‘ माओवादीले सामाजिक, सांस्कृतिक अभियानलाई अगाडि बढाउनुपर्ने छ । त्यसका विविध खालका कुराहरू आउँछन् । यो अभियानलाई सार्थकता तुल्याउने गरी अघि बढ्नु आजको आवश्यकता हो । यही नै समाजवादी यात्राको जग हो ।’
शर्माले माओवादीलाई अब नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए । यस्तै उनले प्रदेश सरकारको हकमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने र अबको केही दिनमै निकास पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण