भरत, निशान र प्रशान्त बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।
पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगे । यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाए ।
महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुगिन् । महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपीएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा पुग्न सफल भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण