शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हमासले लेबनानबाट ३६ मिसाइल प्रहार गरेको इजरायलको दाबी

शुक्रबार, २४ चैत २०७९, ०९ : २०
शुक्रबार, २४ चैत २०७९

इजरायली सेनाले प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए ।

यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यस्तै, हमासले क्षेप्यास्त्र कसले हान्यो भन्ने बारे कुनै जानकारी नभएको बताएको छ । पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा एकै पटक भएको यो सबैभन्दा ठुलो आक्रमण हो ।

इजरायली प्रहरीले जेरुसेलमको अल–अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो ।

अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप