मिडल्सब्रोलाई पराजित गर्दै बर्नली प्रिमियर लिगमा बढुवा
शनिबार, २५ चैत २०७९, ०७ : ०७
लण्डन । भिन्सेन्ट कोम्पनीको बर्नलीले चौथो स्थानको मिडल्सब्रोलाई पराजित गर्दै पहिलो प्रयासमा प्रिमियर लिगमा पुन: बढुवा हासिल गरेको छ ।
नोभेम्बरदेखि लिगमा अपराजित रहेको बर्नलीलाई एश्ले बार्नेसले खेलकाे सुरुवातमा नै अग्रता दिलाएका थिए । क्यामरुन आर्चरलाई जोश कलेनले लडाएपछि च्याम्पियनसिपका सर्वाधिक गोलकर्ता चुबा अकपोमले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीका लागि दोस्रो हाफको सुरुमा बराबरी गरे।
कोनोर रोबर्ट्सले नाथन टेलाको क्रसबाट विजयी गोल गरेपछि खेलाडी तथा फ्यानहरूले मैदानमा नै उत्सव मनाउन थालेका थिए ।कोम्पनीले बेल्जियमको शीर्ष लिग टोली एन्डरलेच छाड्दै गत सिजनको अन्तिम दिन रिलिगेटेड भएको बर्नलीको नेतृत्व सम्हाल्न आएका थिए । ३६ वर्षीय पूर्व म्यानचेस्टर सिटी डिफेन्डरले उत्कृष्ट अभियानको नेतृत्व गर्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण