चितवन-२ मा जितनारायणलाई कांग्रेसका विद्रोहीहरूको साथ
काठमाडौँ । नेपाली कांग्रेस चितवनका नेताहरुले एक ठाउँ रहेको सन्देश दिँदै आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल जारी गरेका छन् । शनिवार एक अपिल प्रकाशन गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले संयुक्त रुपमा अपिल गरेका हुन् ।
गत मंसिरमा कांग्रेसले टिकट नदिएपछि विद्रोह गर्दै कोइरालाले चितवन ३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेको समर्थनका बाबजुद उनी राप्रपाका विक्रम पाण्डेसँग पराजित भए। पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो।
गत स्थानीय तह र आम निर्वाचनमा बागी उम्मेदवारलाई सहयोग गरेपछि पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेललाई पनि कांग्रेसले कारबाही गरेको थियो । उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग गरे कारबाही पुनविचार गर्ने कांग्रेसको निर्णयपछि उनीहरुले जितनारायणको साथमा उभिएका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुलाई जितनारायणको पक्षमा उउने पहल गरेका थिए । उनीहरुले चितवन क्षेत्र नम्बर २ को उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिका बनेर लागि पर्न पनि आह्वान गरेका छन् ।
उनीहरुले कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको उल्लेख गर्दै मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेकोमा जोड दिएका छन् । देशको समग्र नेतृत्व नेपाली कांग्रेसको हुन आवश्यक रहेको भन्दै कांग्रेसलाई बलियो र सुदृढ बनाउनु देशको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण