शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको अपाङ्गमैत्री एटीएम सञ्चालनमा

सोमबार, २७ चैत २०७९, १५ : ३८
सोमबार, २७ चैत २०७९

काभ्रे । हिमालयन बैंकले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम सञ्चालनमा ल्याएको छ । बैंकको सो एटीएमको उद्घाटन चैत्र २४ गते शुक्रबारकास्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहबीच गरेको थियो ।

बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल  इन्जरी पुनर्स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले संयुक्त रूपमा एटीएमको उद्घाटन गरेका थिए । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप