शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमृतपाल सिंहका साथी पप्पलप्रित सिंह पक्राउ : पञ्जाब सरकार

सोमबार, २७ चैत २०७९, १६ : २८
सोमबार, २७ चैत २०७९

वारिस पञ्जाब दे सङ्गठनका प्रमुख अमृतपाल सिंहका साथी तथा खालिस्तान समर्थन पप्पलप्रित सिंहलाई पक्राउ गरिएको छ । पञ्जाब सरकारका प्रवक्ताले यसबारे पुष्टि गरेको छ । पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त अभियानअन्तर्गत यो गिरफ्तारी भएको प्रवक्ताले बताएका छन् ।

पप्पलप्रित सिंह अमृतसरमा बस्छन् र १८ मार्चपछि उनी अमृतपाल सिंहसँगै फरार थिए भनेर दाबी गरिएको छ । अमृतपाल सिंह र उनका सहयोगीविरुद्ध १८ मार्चदेखि प्रहरी कारबाही जारी छ । अमृतपाल सिंह अहिले पनि प्रहरीको पकडबाट टाढा छन् । यद्यपि, प्रहरीले उनका थुप्रै सहयोगीलाई पक्राउ गरिसकेको छ ।

पप्पलप्रित सिंह पछिल्ला केही वर्षदेखि सोसल मिडियामा निकै सक्रिय हुन्थे । अब उनको फेसबुक, इन्स्टाग्राम र ट्विटर अकाउन्ट बन्द गरिएको छ ।

पछिल्लो एक महिनादेखि उनको युट्युब अकाउन्टमा कुनै नयाँ भिडियो अपलोड गरिएको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप