अमृतपाल सिंहका साथी पप्पलप्रित सिंह पक्राउ : पञ्जाब सरकार
वारिस पञ्जाब दे सङ्गठनका प्रमुख अमृतपाल सिंहका साथी तथा खालिस्तान समर्थन पप्पलप्रित सिंहलाई पक्राउ गरिएको छ । पञ्जाब सरकारका प्रवक्ताले यसबारे पुष्टि गरेको छ । पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त अभियानअन्तर्गत यो गिरफ्तारी भएको प्रवक्ताले बताएका छन् ।
पप्पलप्रित सिंह अमृतसरमा बस्छन् र १८ मार्चपछि उनी अमृतपाल सिंहसँगै फरार थिए भनेर दाबी गरिएको छ । अमृतपाल सिंह र उनका सहयोगीविरुद्ध १८ मार्चदेखि प्रहरी कारबाही जारी छ । अमृतपाल सिंह अहिले पनि प्रहरीको पकडबाट टाढा छन् । यद्यपि, प्रहरीले उनका थुप्रै सहयोगीलाई पक्राउ गरिसकेको छ ।
पप्पलप्रित सिंह पछिल्ला केही वर्षदेखि सोसल मिडियामा निकै सक्रिय हुन्थे । अब उनको फेसबुक, इन्स्टाग्राम र ट्विटर अकाउन्ट बन्द गरिएको छ ।
पछिल्लो एक महिनादेखि उनको युट्युब अकाउन्टमा कुनै नयाँ भिडियो अपलोड गरिएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण