माओवादी धारले दोस्रो चरणको कार्यक्रम तत्काल गर्दै
काठमाडौँ । माओवादी धारले दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरेका छन् । पहिलो चरणको संयुक्त विज्ञप्ति, पत्रकार सम्मेलन र अन्तर्क्रिया सकिएकाले दोस्रो चरणको कार्यक्रम बैठक बसेर टुङ्गो लगाइने भएको हो ।
जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत हल गर्न माओवादी धारले बैठक बसेर कार्यक्रम तय गर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘हामीले पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ । यो चरणको कार्यक्रम सफल नै भयो’ महराले भने, ‘अब दोस्रो चरणको कार्यक्रम सबै माओवादी धारको बैठक बसेर छिट्टै सार्वजनिक गर्ने छौँ ।’
दोस्रो चरणको कार्यक्रममा एमालेभित्रका माओवादी नेताहरूलाई समेत बोलाइने महराले बताए । त्यस कार्यक्रममा कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायत गैर माओवादी पृष्ठभूमिका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।
यस्तै नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले सङ्क्रमणकालीन मुद्दाका विषयमा एकपछि अर्को गर्दै दबाबमूलक कार्यक्रम ल्याइने बताए ।
‘जनयुद्धकालीन मुद्दा माओवादीका मात्रै होइनन् राज्यका पनि हुन’ बुढाथोकीले भने,‘ती सबै मुद्दा किनारा लगाउन राज्य लगायत सबै निकायले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ ।’ सङ्क्रमणकालीन न्याय व्यवस्थापनका सवालमा खेल्न खोजिए दुर्घटना हुने बुढाथोकीले चेतावनी दिए । अब माओवादी धार ढिलोचाढो एक ठाउँमा आउनै पर्ने अवस्था सृजना गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण