म्यानमार : सेनाको घातक हवाई हमलामा कम्तीमा ५३ को मृत्यु
मङ्गलबार, २८ चैत २०७९, १५ : ५७
म्यानमारमा जारी गृहयुद्धमा सेनाद्वारा गरिएको घातक हवाई हमलामा कम्तीमा ५३ जना मारिएका छन् । हमलामा बाँचेका मानिसका अनुसार मृत्यु हुनेमा कम्तीमा १५ महिला र बालबालिका समावेश छन् ।
हमलामा सैन्य सरकारको विरोध गर्ने सागेंग क्षेत्रको एउटा गाउँलाई निशाना बनाइएको छ । फेब्रुअरी २०२१ मा सत्ता हातमा लिएपछि सेनाले आफ्ना विरोधीविरुद्ध हवाई हमला गरेको हो ।
सागेंगका समुदायले म्यानमारमा सैन्य शासनको सबैभन्दा बलियो विरोध गरेका छन् । उनीहरुले आफ्नै मिलिसिया गठन गरेका छन् र आफ्नै स्कुल र क्लिनिक चलाइरहेका छन् ।
एक प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा एक सैन्य जेटले बिहान करिब ७ बजे उडान भरेको र एउटा कम खसालेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण