बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २८ चैत २०७९, १८ : १९
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको भन्दै आउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताएका छन् । 

स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७९ को उद्घाटन पछि बोल्दै प्रधानमन्त्री प्रचण्डले भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा रहेको बताएका हुन् ।   

दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि भलिबल विकासका लागि अपेक्षा अनुसार नभएको भन्दै तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सहयोग गर्ने वाचा गरेका हुन् ।  

प्रतियोगितामा कुल तीन विभागीय र तीन प्रदेशका टोलीले सहभागिता जनाउँदै छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले महिला टोलीलाई चीनको हान्झाउमा अगामी वर्ष हुन लागेको एशियन गेम्समा सहभागिता निश्चित भइसकेको अवस्थामा पुरुष खेलाडीहरुको पनि सहभागिता आवश्यक रहेको भन्दै तयारीमा राखेप जुटिरहेको बताए ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ । लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ । यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप